१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतलाई महामारीबाट उम्कन निकै समय लाग्ने डा. फाउचीको भनाइ


0
Shares

एजेन्सी । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरेहेको धारणा ब्यक्त गर्नुभएको छ ।

अहिले भारत महामारीको खतरनाक भूमरीमा परेको भन्दै उहांले यसबाट उम्कन निकै समय लाग्ने बताउनुभयो ।

महामारीकाबीच पनि संक्रमण समाप्त भएको भन्दै बन्द गरिएका क्षेत्रहरु पुन सुचारु गरेका कारण अहिलेको भयावह अबस्था आएको भोग्नु परेको डा फाउचीको भनाइ छ ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य संकट उत्कर्षमा पुगेको छ ।

संक्रमितको उपचारको लागि अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव यथावत छ ।

यसैबीच भारतमा कोरोनाका संक्रमित बढेसंगै वैज्ञानिक अनुसन्धानमा थप सक्रियता बढाइएको छ ।

भारतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट सजिलोसंग फैलन सक्ने भन्दै वैज्ञानिकहरुले अनुसन्धानमा थप सक्रियता बढाएका हुन् ।