
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो ।
आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो ।
पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ । आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्