
काठमाडौं । कोभिडका विरामीलाई वाईपायप मेशिनबाट हाईफ्लो अक्सिजन दिन पाए धेरै विरामी बचाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन आपूर्ति र वितरण प्रणालीलाई सहज बनाएर हाईफ्लो अक्सिजन दिनुपर्ने बताउनु भयो ।
पर्याप्त अक्सिजन नपाएर कोभिडका विरामीको मृत्यु भइरहेको उहाँको भनाई छ ।
कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसिको सिफारिसमा अक्सिजन वितरण गर्न थालेपछि वितरण प्रणाली भद्रगोल भएको उहाँको दावी छ ।
प्रतिक्रिया दिनुहोस्