
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
हिजो बुटवल लुम्बिनीलाई पराजित गरेको ललितपुर र पहिलो प्लेअफमा धनगढीसँग पराजित काठमाडौंबीचको प्रतिस्पर्धा साँझ साढे ५ बजेबाट हुनेछ ।
लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए । भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोलले हराएको थियो ।
पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर काठमाडौंविरुद्ध सोही नतिजा दोह¥याउने कोसिसमा हुनेछ ।
उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।
इलिमिनेटर राउण्डमा पुगेको ललितपुरले पर्याप्त आराम भने पाएको छैन ।
२४ घण्टा नबित्दै दोस्रो खेल खेल्न लागेको ललितपुरलाई केही समस्या हुने देखिन्छ ।
आजको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्