
बैतडी । बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ ।
आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो ।
हावाहुरीसहित आएको असिना पानीले अन्नबाली सखाप पारेको दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिनुभयो ।
मल्लाढिक, कफलकोट लगायत विभिन्न गाउँमा पनि कृषि बालीमा क्षति पुगेको हो ।
व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरु असिनाले खेती नष्ट गरेपछि मर्कामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्