
विराज रोस्यारा
कैलाली सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ ।
धनगढीस्थित ग्याँस उद्योग बिग्रिएको र अन्य ठाउँबाट आपूर्ति कम हुँदा अक्सिजनको अभावमा विरामीको मृत्यु हुन थालेको हो ।
सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।
दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्रग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपुर्तिमा थप समस्या सिर्जना भएको बताउनु भयो ।
कैलालीको सेती प्रादेशिक अस्पतालसगै निजी अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ भएका छन् । तर उनिहरुलाई अक्सिनको आवश्यक पर्ने भएपनि अक्सिजन नपाउदा अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन् ।
संक्रमितका आफन्तहरु ग्यासको जोहो गर्नकैलागि ग्यास उद्योगमा तिन चार दिन सम्म पनि लाईनमा बस्नु परेको गुनासो गर्दै आईरहेका छन् ।
मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो ।
सेतीप्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको बताउनु भयो ।
कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने बताउदै सूचना अधिकारी श्रेष्ठले बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो कामचलाइ रहेको र प्लान्ट बिग्रिएका कारण समस्या हुने भएको बताउनु भयो ।
कोरोना संक्रमितको संख्या बढ्दै जानु र अक्सिजनको कमी हुँदा प्रदेशमा कोरोना संक्रिमत झनै जोखिममा परेका छन् ।
अस्पतालमा अक्सिजनको कमी हुन नदिन सम्बन्धीत निकायले ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्