
डडेल्धुरा । जिल्ला अस्पताल डडेल्धुरामा कोभिड संक्रमितको उपचार गर्न समस्या भएको छ । अस्पतालमा रहेका शय्याहरू भरिभराउ भए पछि सामान्य उपचार गर्न पनि अस्पताललाई धौ–धौ भएको हो ।
संघीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा रहेका जनरल, आईसीयू र इमरजेन्सी गरी ३० शय्याहरू कोभिड संक्रमित बिरामीहरूले भरिए पछि श्रोतसाधन र आवश्यक जनशक्ति पनि अभाव हुन थालेको अस्पतालले जनाएको छ ।
अस्पतालको अक्सिजन उत्पादन गर्ने आन्तरिक प्लान्टबाट जेनतेन धानिरहेको र संक्रमित दिनप्रतिदिन बढदै जाँदा बिरामीको चापले कोरोना संक्रमितको उपचार गर्न नसकिने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
अस्पतालमा बहिरङ्ग सेवा बन्द गरिएको छ भने आकस्मिक र पिसिआर परिक्षण लगायत कोभिड सम्भावित बिरामीलाई मात्र उपचार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्