१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपरासीमै पहिलोपटक बर्दघाट नगरपालिकाले बनायो २० शय्याको एचडीयू केन्द्र


0
Shares

नवलपरासी । बर्दघाट नगरपालिकाले कन्सन्ट्रेटर उपकरणसहितको २० शय्याको एचडीयू केन्द्र सञ्चालनमा ल्याएको छ ।

जिल्लामा कोभिड संक्रमणको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले आफ्नै लगानीमा केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख धीरज शर्माले जानकारी दिनुभयो । अक्सिजनको अभावलाई पूर्ति गर्न केन्द्रमा ४ वटा कन्सन्ट्रेटर जडान गरिएको छ ।

जिल्लामा एउटा पनि एचडीयू केन्द्र नहुँदा उपचारका लागि भैरहवा, बुटवल र चितवन जानुपर्ने बाध्यता छ । शय्या अभाव भएर संक्रमितहरूले उपचार पाउन नसकेपछि नगरपालिकाले नयाँ भवन नै निर्माण गरेर एचडीयू केन्द्र सञ्चालन गरेको हो ।

केन्द्रमा अहिले गम्भीर प्रकृतिका बिरामीहरूको उपचार भइरहेको छ । एचडीयू केन्द्र बाहेक नगरपालिकाले शहीद स्मृति अस्पतालमा पनि १२ शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।

कोभिडबाट जिल्लामा ५१ जनाको मृत्यु भइसकेको छ ।