१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा


0
Shares

kp bidhya

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतलनिवास जानुभएको छ ।

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।

राष्ट्रपतिसँगको भेटपछि ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट्नुहुने स्रोतले बताएको छ ।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ ।