२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु


0
Shares

एजेन्सी । बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

बंगलादेशको सिब्चर शहरकोे पद्मा नदीमा ३६ यात्रु सवार डुंगा नदीको किनारमा रहेको अर्को डुङ्गासँग ठोक्किँदा दुर्घटना भएको हो । घटनामा १० जना भने बच्न सफल भएका छन् ।

मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको सो डुङ्गा तीव्र गतिमा रहेकै कारण भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ ।

बंगलादेशमा कोरोना नियन्त्रणका लागि जारी गरिएका लकडाउनको बीच यातायातका साधन नचलेपछी सर्वसाधारण डुङ्गाबाट आवतजावत गर्न थालेका छन् ।