
हेटौंडा । कोभिड संक्रमित बिरामीलाई ओसारपसार गर्नका लागि हेटौंडामा अटोरिक्सालाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याइएको छ ।
हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुने गरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याइएको हो ।
मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
३८ वटा अटोलाई केही स्वरुप परिवर्तन गरी अटो चालकलाई पीपीई सेट प्रयोग गर्न सिकाएर अटो एम्बुलेन्स सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्