१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काभ्रे प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिण्डर संकलन


0
Shares

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका व्यापार–व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, वितरण केन्द्र र सहयोगी व्यक्तिहरूबाट अक्सिजनका खाली सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

संकलन भएका सिलिण्डरहरू भरेर पारदर्शी वितरण गर्ने अभियान अन्तर्गत बिहीबार धुलिखेल अस्पताललाई ३० वटा र शीर मेमोरियल अस्पताललाई १० वटा हस्तान्तरण गरिएको खतिवडाले बताउनुभयो । पनौती स्थित नवज्योति ग्यास प्रा.लि.बाट खाली सिलिण्डरहरू भर्ने कार्य भइरहेको छ भने सिलिण्डरहरू संकलन गर्ने कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ ।

कोभिडको दोस्रो भेरियन्टका कारण देशभर संक्रमण फैलिएको र अक्सिजन अभावले मानिसको ज्यान जाने अवस्थामा मानविय क्षति रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न अभियान सुरु गरिएको खतिवडाको भनाइ छ ।