
काठमाडौं । पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण बढेपछि देशभरका ७३ जिल्लामा निषेधाज्ञा गरेको छ ।
बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।
सक्रिय संक्रमितको संख्या न्यून भएकाले तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व जिल्लामा भने निषेधाज्ञा लागू गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्