
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोभिडबाट मृत्यु भएको छ ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको बिहीबार मृत्यु भएको हो । गैरेलाई ९ दिन अघि कोभिड भएको थियो ।
संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
गैरे संघको अध्यक्षमा डेढ वर्ष अघि निर्वाचित भएका थिए । उहाँ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्