
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एकतालाई कमजोर पाने कुनै टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौं ।’
यस्तै उहाँले एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरी धैर्य गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्