
एजेन्सी । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् ।
उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले हरायो ।
रियालको जितमा लुका मोड्रिच, रोड्रिगो, करिम बेन्जमा र ओड्रियोजोलाले एक एक गोल गरे ।
जितसँगै रियाल मड्रिडले ला लिगा फुटबलको उपाधि संभावना जिवित राखेको छ ।
जारी लिगमा दुई खेल बाँकी छँदा रियाल मड्रिडको ७८ अंक छ । ८० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ ।
ला लिगामै गएराति भएको अर्को खेलमा भियारियालले रियाल भालाडोलिडलाई २–० ले हराउँदा आइबार र रियाल बेटिसले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्