१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीको सपथ ग्रहण आज, ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम हुँदैछ ।

प्रधानमन्त्री ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहणपछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यही बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा सवैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गर्नुर्भएको हो ।

संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुलाई दिईएको समय सीमा सकिएपछि राष्ट्रपति भण्डारीले ओलीलाई अल्पमतको सरकार गठन गर्ने गरी प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम घडीसम्म बहुमत जुटाउन गरेको प्रयास सफल हुन नसकेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने छ ।