
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका -४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ ।
एक हप्ताको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । परिवारकै तीन जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
मृतक तीनै जना केही समयअघि जलजला गाउँमा भएको विवाह समारोहमा सहभागी भएका थिए ।
विवाह भोजमा सहभागीहरुमध्ये करिब तीन दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् ।
उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको बागलुङको धौलागिरी र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्