
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिङ १९ को जोखिमप्रति सचेत हुँदै रमजान पर्व मनाउन आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान पर्वको शुभकामना सन्देश दिदै त्यस्तो आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्