२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बुटवलमा १ घण्टामा २ संक्रमितको मृत्यु


0
Shares

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो ।

बैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल -११ का ५० वर्षिय पुरुषको बिहिबार राती १०ः३४ बजे मृत्यु भएको थियो ।

त्यस्तै २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षिय पुरुषको पनि बिहिबार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिएका छन् ।

यो मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।