
काठमाडौं । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउनु भएको छ ।
आफूलाई राजनीतिक दलहरुले विश्वास गरेकाले कुनै हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउनु भएको हो ।
देवकोटा कांगे्रस, माओवादी केन्द्र , जसपा र एमालेको नेपाल पक्षका साझा उम्मेदवार हुनुहुन्छ ।
एमाले विभाजनउन्मुख हुन लागेको अवस्थामा एमालेले दुईजना राष्ट्रिय सभा सदस्य उम्मेदवार उठाएको थियो । एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री राम बहादुर थापा हुनुहुन्छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीको विवाद समाधान गर्ने सहमति भएपछि देवकोटाको उम्मेदवारी के होला भन्ने प्रश्न उठेको थियो ।
शुक्रबार सामाजिक सञ्जाल फेबुकमा लेख्दै देवकोटाले आफ्नो उम्मेदवारीबारे पुर्नविचार गर्नु कल्पना बाहिरको कुरा भएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्