२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कोरोनाबाट मृत्यु हुनुमा सरकार जिम्मेवार: देउवा


0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ ।

सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढेको उहाँले बताउनुभयो ।

सभापति देउवाले यस्तो परिस्थितिमा सबै नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र को शुभकामना दिँदै देउवाले नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गर्नुभयो ।