१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर महानगरले ‘भेराेसेल’ खाेपकाे दोस्रो डोज लगाउने मिति ताेक्याे


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले चिनियाँ खोप ‘भेराेसेल’ दोस्रो डोज लगाउने भएकाे छ ।

ललितपुर महानगरले जेठ ६ गते देखि २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई दोस्रो डोज दिने भएकाे हाे ।

जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार ललितपुर महानगरले खाेप लगाउने मिति तय गरेकाे हाे । महानगरकाअनुसार २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ ।

त्यसैगरि, १ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ ।

त्यसका लागि महानगरले प्रत्येक वडामा एक–एक खोप केन्द्र तोकेकाे छ । सरकारले १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खाेप दिएकाे थियाे । बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइन्छ । खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र अनिर्वाय ल्याउनुपर्नेछ ।

त्यसैगरि काठमाडाैं महानगरपालिकाले पनि भाेलि देखि चिनियाँ खाेप ‘भेराेसेल’ लगाउन थालेकाे छ । खाेप महानगरका वडामा लगाइनेछ । बिहान १० बजेदेखि ४ बजेसम्म खाेप लगाइनेछ ।