१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लकडाउन कडा बनाउन सुनसरीमा सेना परिचालन


0
Shares

सुनसरी । सुनसरीमा लकडाउन कडा बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।

जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।

सुनसरीको धरान, इटहरी र इनरुवामा लकडाउन उंल्लंघन गर्नेको संख्या बृद्धि भएसंगै सेना परिचालन गरी पूर्ण लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनु यो ।

सुनसरीको मूख्य बजारहरु धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा नेपाली सेनाले दैनिक गस्ती गरी लकडाउनमा रचनात्मक भुमिका निर्वाह गर्ने पनि ढकालले जानकारी दिनुभयो ।

डिसिसिएमसी सुनसरीको बैठकले आज देखि जेठ १५ गते सम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्नेहरुलाई संक्रामक रोग निवारण ऐन अनुसार पक्राउ गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी गराउनुभयो ।