
बैतडी । बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।
जिल्लाका कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणकालागि १५ दिन थप गर्दै जेठ १७ गतेसम्म निषेधाज्ञा कायम गरिएको हो ।
निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइने छैन् ।
कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन अनुसार कारवाही हुने बताइएको छ । बैतडीमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ८ सय ५७ रहेको छ भने नौ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्