
तस्विर फाइल
सर्लाही । सर्लाहीमा आज बाट थप १० दिन निषेधाज्ञा जारी भएको छ । बैशाख २५ गते राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म पैलो चरणमा ७ दिन गरिएको निषेधाज्ञा आज बाट थप १० दिनको लागि थपीएको छ ।
अव जेठ १० राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सोको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्