१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धौलागिरी अस्पतालका रेडियोलोजिष्टले राजीनामा दिदा भिडियो एक्स्रे सेवा प्राभावित


0
Shares

बागलुङ । बागलुङको धौलागिरी अस्पतालामा कार्यरत रेडियोलोजिष्टले राजीनामा दिएपछि अस्पतालमा भिडियो एक्स्रे सेवा प्राभावित बनेको छ।

अस्पतालका रेडियोलोजिस्ट अजय पोखरेलले राजीनामा दिएपछि भिडियो एक्सेरे सेवा प्रभावित बनेको मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

प्राइभेट स्वास्थ्य संस्थामा पनि उनै पोखरेलले भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने बिरामीहरुको गुनासो छ ।

धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् । हप्ताको दुई दिन आइतबार र बुधबार त त्यो संख्या बढेर झण्डै सय पुग्छ ।

तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरु मर्कामा परेका छन् ।