१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पश्चिम नवलपरासीका सिडिओ र एसपी सडकमा


0
Shares

परासी । स्थानीयहरूले निषेधाज्ञालाई अटेर गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक(एसपी) आफैं सडकमा निस्केर कडाइ गर्न थालेका छन् ।

जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका लागि सिडिओ र एसपी नै सडकमा निस्किएका हुन् । निषेधाज्ञा पालनाकालागि चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयले विभिन्न बहाना बनाउँदै अटेर गरेर हिड्न आफैँ सडकमा निस्कनुपरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो । जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् ।

प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।