१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१७ मिनेटमा विवाह, बेहुलाले मागे अनौठो दाइजो


26
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह १७ मिनेटमा सम्पन्न भएको छ । पटना देवकाली मन्दिरमा भएको विवाहमा न ब्याण्डबाजा थियो, न कार, न त बग्गी नै !

कोभिडका कारण घरका सीमित सदस्य मात्र विवाहमा उपस्थित भएका थिए । विवाहको उदेश्य दाइजो प्रथाको अन्त्य गर्नु रहेको बेहुला पुष्पेन्द्र दुबेले बताउनुभयो । पुष्पेन्द्रले जन्तीको तामझाम र दाइजोको विषयमा पहिले नै स्पष्ट पारिसकेका थिए ।

बिहीबार सम्पन्न विवाहमा बेहुला–बेहुलीले मन्दिरको सात परिक्रमा गरेका थिए । विवाह सम्पन्न भएपछि बेहुलाले दाइजो माग गरे । उनले एउटा रामायणको पुस्तक आफूलाई दिनुपर्ने माग गरेका थिए ।

पुष्पेन्द्र र उनकी श्रीमती पूजाले अन्य युवायुवतीले पनि अनावश्यक खर्च र दाइजोबाट बच्नुपर्ने बताएका छन् । अहिले उनीहरूको यो कदमको सबैतिरबाट प्रशंसा भइरहेको छ ।