१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बनेपा नगरपालिकाद्वारा कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्न सम्झौता


0
Shares

काभ्रे । बनेपा नगरपालिकाले कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने सम्झौता गरेको छ ।

बनेपा नगरपालिका र बनेपा– १० जनागालमा रहेको भोमी अस्पतालबीच आगामी असार मसान्तसम्मका लागि कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने सहमति भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रहि शुल्क लिने र तोकिएको गुणस्तर निश्चित गर्नुपर्ने सहमति पत्रमा उल्लेख छ । अस्पतालले हाललाई ४ शय्या आईसीयू र ६ वटा अक्सिजनसहितको शय्या नगरपालिकाले उपलब्ध गराउने पनि सहमति भएको छ ।

अस्पतालमा बिरामीको अत्यधिक चाप भएमा नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा कोभिड अवधिमा २५ शय्यासम्म बढाउन सकिने भएको छ । यसअघि बनेपा नगरपालिकाले पोलिटेक्निक इन्ष्टिच्युटमा अक्सिजनसहितको ५० शय्याको आइसोलेशन कक्ष स्थापना गरिसकेको छ ।