१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर र उपमेयरको गाडी बिरामी बोक्न प्रयोग


0
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले प्रयोग गर्दै आएको गाडी कोभिड संक्रमित बोक्न प्रयोग गरिने भएको छ ।

कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।

बिरामीको संख्या बढ्न थालेसँगै नगरपालिकामा भएको एउटा एम्बुलेन्सले चाप धान्न नसकेपछि आफूहरूले प्रयोग गरेको सवारीलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइएको उपप्रमुख राईको भनाइ छ ।