१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थापाका कारण ओली र नेपालबीच फेरि विवाद


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच माओवादी केन्द्रबाट आएका रामबहादुर थापाका कारण फेरि विवाद उत्पन्न भएको छ ।

अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो । शनिबार वरिष्ठ नेता नेपालले भर्चुअल बैठक राखेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो ।

छलफलमा अधिकांश केन्दीय सदस्यहरूले बादललाई कार्यदलमा राख्ने प्रस्तावको विरोध जनाएको नेपालनिकट एक नेताले जानकारी दिनुभयो । बैठकमा नेपालपक्षका नेताहरूले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने र गत फागुन २८ गतेको निर्णय खारेजी हुनुपर्ने धारणा राखेको थिए ।

नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भइरहेको छ ।