
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेका हुन् ।
बाइडेनले इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरेल र प्यालेस्टाईनबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि यद्ध जारी छ ।
पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परि प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि इजरेलले ध्वस्त बनाईदिएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्