
रौतहट । रौतहटको कोरोना अस्थायी अस्पतालमा उपचारार्थ बिरामीको संख्या न्युन रहेका छ ।
स्थानीय तहले कोरोना संक्रमित बिरामीको उपचारका लागि कोरोना अस्थायी अस्पताल निर्माण गरेपनि अधिकांश बिरामीहरु होम आईसोलेसनमा नै बस्ने गरेका छन ।
जटिल बिरामीहरु भने उपचारको लागि वीरगन्ज, चितवनको भरतपुरका अस्पतालमा जाने गरेका छन् ।
अक्सिजन सहितको कोरोना अस्थायी अस्पतालको निर्माण गरेपनि दक्ष जनशक्तिको अभावमा बिरामीहरु उपचारको लागि बाहिरी अस्पताल जाने गरेका हुन् ।
पछिल्लो समयमा ज्वरो, टाईफाईड र श्वास फेर्न असहज भएपनि अधिकांश बिरामी घरमै बस्ने गरेका छन ।
बिरामी भएर रौतहटका अस्पतालमा उपचार गराउन जाँदा डाक्टरले पिसिआर परिक्षण गरेर मात्रै भर्ना लिन थालेपछि बिरामी र बिरामीका आफन्त तनावमा परेका हुन् ।
कोरोना संक्रमित बिरामीको उपचारको लागि चन्द्रपुर नगरपालिका सहित गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाले चन्द्रपुर–२ मा रहेको शहिद पार्कमा सुबिधा सम्पन्न ४६ बेडको कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको छ ।
त्यस्तै गौर अस्पतालले ३२ बेड कोरोना वार्ड र १५ बेडको हाईडिपेडिन्सी र १० बेडको आईसोलेसन, गौर नगरपालिकाले गौर नर्सिङ्ग क्याम्पसमा १० बेडको र अन्य १३ स्थानीय तहले आ–आफनो पायक पर्ने स्थानमा ५ देखि १० बेडको कोरोना अस्थायी अस्पताल निर्माण गरिएको छ । तर , अस्पतालमा बिरामीको संख्या भने न्युन छ ।
जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार गौर अस्पतालमा १८ जना, चन्द्रपुर–२ मा रहेको शहिद पार्कको अस्पतालमा २ जना, चण्डिया हेल्पोष्टमा ४ जना र परोहा अस्पतालमा १ जना कोरोना संक्रमितको बिरामी भर्ना भएका छन ।
रौतहटमा कोरोना संक्रमितको संख्या ५ सय ७७ जना छन भने होम आईसोलेसनमा मात्रै ५ सय ४८ जना रहेका छन ।
रौतहटका कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगिसेको छ ।
प्रतिक्रिया दिनुहोस्