
बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो ।
नवलपरासी भूमहीका ४८ बर्षिय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयूमा उपचारका क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यू भएको हो ।
बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको सूचना अधिकारी डा. गौतमले जानकारी दिए ।
यसैगरी गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यु भएको हो ।
बैशाख २८ गते भर्ना भएका उनको विहान ५ः१५ बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
यसैगरि तिलोत्तमा ४ रुपन्देहीका ३६ बर्षिय पुरुषको आकस्मिक कक्षमा गएराति ९ः५५ बजे मृत्यु भएको डा. गौतमले बताए ।
श्वासप्रश्वासको समस्याले अस्पताल ल्याएका उनको आकस्मिक कक्षमै मृत्यू भएको हो ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्