२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


एथ्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक


0
Shares

एजेन्सी । ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ ।

गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई २–१ ले हरायो । एथ्लेटिकोको जितमा रेनान लोडी र लुइस सुवारेजले एक एक गोल गरे ।

जितसँगै एथ्लेटिकोले लिग तालिकामा दोस्रो स्थानको रियाल मड्रिडमाथि २ अंकको अग्रता बनाएको छ ।

रियालले गएराति नैं भएको अर्को खेलमा एथ्लेटिक विल्वाओलाई १–० ले हराउँदै उपाधि जित्ने संभावना जिवित राखेको छ ।

बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएपछि उपाधि होडबाट बाहिरिएको छ । गएरातिको जितपछि एथ्लेटिकोको ३७ खेलबाट ८३ अंक भएको छ ।

दोस्रो स्थानको रियालको समान खेलबाट ८१ अंक छ । लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् ।

अन्तिम चरणमा एथ्लेटिकोले रियाल भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियालले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ ।