
काभ्रे । काभ्रेका स्थानीय तहहरुले सीमित स्रोत साधन र जनशक्तिलाई एकिकृत रुपमा परिचालन गर्न संयुक्त आइसोलेसन सन्चालन गरेका छन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका तथा पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्त आइसोलेसन सुरु गरेका हुन् ।
पाँचखाल नगरपालिकाको वडा नंम्बर ४ मा रहेको समाजकल्याण प्राविको भवनमा ५० बेडको सयुक्त आईसोलेशन सञ्चालन गरिएको छ ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँबरविच पुर्वाधार, स्वास्थ्य सामाग्री, तथा आवश्यक जनशक्ति संयुक्त रुपमा व्यवस्थापन गरी कोभिड १९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्