५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो


0
Shares

एजेन्सी । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ ।

स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा इंग्लीश क्लब चेल्सीलाई ४–० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।

चेल्सी विरुद्धको खेलको पहिलो हाफमै बार्सिलोनाले ४ गोल ग¥यो ।

बार्साको लागि मेलानी लिउपोज, अलेक्सीया, आइताना र क्यारोलिनले एक एक गोल गरे ।

बार्सिलोनाले महिलाहरुको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

दुई वर्ष अगाडि भएको फाईनलमा बार्सिलोना फ्रान्सको लियोंसँग ४–१ ले हारेको थियो ।