
तेह्रथुम । कोरोनाका भाइसरका कारण नागरिकहरुलाई बिभिन्न समस्या हुँदै आएको छ ।
स्वास्थ्य, खानेपानी, खाद्यन्य उपचारका लागी सवारी साधान लगायतका नागरिकहरुलाई समस्या भएकोले तेह्रथुमको छथर गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निशेधाज्ञाको समयमा घर घरमा सेवा दिने भएको हो ।
कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्ट्स संक्रमण तीव्र्र रुपमा बढेकाले पालिकाले घर घरमा सेवा दिन थालेको छ ।
भाइरसको संक्रमण देशैभरि तीव्र्र्ररुपमा फैलिरहेकाले निषेधाज्ञाको पालना गर्न आग्रह गर्र्दै आफ्ना नागरिकहरुलाई घर घरमै सेवा दिने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।
आकस्मिक रुपमा बिरामी भएका नागरिकहरुलाई घर घरमै सवारी साधान निशुल्क उपलब्ध गराउने गरी गाउँपालिका अध्यक्ष सवार गाडीका साथै अन्य सवारी साधानको आवश्यकता अनुसार सेवा दिने अध्यक्ष तिगेलाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्