
बारा । बारामा लकडाउनको समयमा सरकारी गाडीको व्यापक प्रयोग देखेसंगै चेकजाँचमा कडाई गर्दा अवैध काठ बोकेको सरकारी नम्बरको ट्रिपरलाई शसस्त्र प्रहरीले आईतबार राती पक्राउ गरेको छ ।
जितपुर सिमरा उपमहानगरको सरकारी ट्रिपरमा बिना बिलकोे अवैधकाठ तस्करी गरी लैजादै गरेको १३ थान अवैध काठ सहित चालक र ट्रिपरलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा राति चलेको सरकारी ट्रिपरलाई रोकेर शसस्त्र प्रहरीले सोधपुछ गर्दै गर्दा चालक संगै रहेका एक सरकारी कर्मचारी भागे पछि प्रहरीले थप शंका गरी चेकजाच गरेपछि पक्राउ गरेको शसस्त्र प्रहरी उपरिक्षक मनोज थापाले बताउनुभयो ।
ट्रिपरलाइ मोटरसाईकलमा दुई ब्यक्तिले टागियाबस्तिबाटै स्कटिङ्ग गर्दै ल्याउदै गर्दा शसस्त्र प्रहरीले रोकेर सोधपुछ थाले लगतै ट्रिपर अगाडी रहेका मोटरसाईकलका ती दुई ब्यक्ति लगतै फरार भएपछि कर्मचारी संगै जनप्रतीनिधीको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्