१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


११ वटै पालिकामा आइसोलेसन सेन्टर निर्माण


0
Shares

स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) तिव्र रुपमा फैलिए संगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ ।

स्याङ्जाका ५ नगरपालिका गल्याङ नगरपालिका, वालिङ नगरपालिका ,पुतलीबजार नगरपालिका ,चापकोट नगरपालिका, भिरकोट नगरपालिका र ६ गाउँपालिका कालीगण्डकी गाउँपालिका, आँधिखोला गाउँपालिका ,विरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका, हरिनाश गाउँपालिका, अर्जुनचौपारि गाउँपालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

जिल्लाका ११ पालिकाहरुले निर्माण गरेका १५ वटा आइसोलेसन सेन्टरमा १ सय २९ वटा अक्सिजनसहित २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।