२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


धनकुटाका गाउँ–गाउँमा कोभिड संक्रमित, एकैदिन ६० जनामा संक्रमण


0
Shares

धनकुटा । जिल्लामा गाउँगाउँमा कोभिड संक्रमण फैलँदै गएको छ । एकैदिन ६० जनामा कोभिड संक्रमण देखिनुले पनि यसलाई पुष्टि गरेको छ ।

जिल्ला अस्पताल धनकुटाको ल्याबमा गरिएको परीक्षणमा ३० महिला र ३० पुरुषममा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी राजन पोख्रलले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरूमा धनकुटा नगरपालिकाका ८ जना पुरुष र ९ जना महिला, महालक्ष्मी नगरपालिकाका ७ पुरुष र ३ महिला, पाख्रिवास नगरपालिकाका १ पुरुष ३ महिला रहेका छन् ।

यस्तै साँगुरीगढी गाउँपालिकाका ८ पुरुष र ५ महिला, छथरजोरपाटी गाउँपालिकाका १ पुरुष, चौबिसे गाउँपालिकाका ४ पुरुष र १० महिला, र इलामका ३९ वर्षीय पुरुष रहेको पोख्रेलले बताउनुभयो ।

सोमबार धनकुटा अस्पतालको ल्याबमा १ सय २८ जनाको स्वाब परीक्षण गरिएको थियो ।