४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप


0
Shares

एजेन्सी । इजरायल–प्यालेस्टाइन संघर्षको मुद्दामा अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनले आरोप लगाएको छ ।

आइतबार भएको एक भर्चुअल सेसनमा चीनका विदेश मन्त्री वाङ यीले भन्नुभयो, ‘मात्र एक देशको कारणले राष्ट्रसंघको सुरक्षा परिषद एक स्वरले आफ्नो कुरा राख्न पाइरहेको छैन, अमेरिकालाई जिम्मेवारी उठाउन हामी अपिल गर्न चाहन्छौं ।’

गाजामा भइरहेको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको तर्फबाट धेरै कोशिस गर्नुपर्ने जरुरत देखिएको वाङको भनाइ छ ।

अमेरिकाले गत हप्ता इजरायल र प्यालेस्टाइनबीचको मुद्दामा बस्ने भनिएको एक बैठक स्थगित गर्न आह्वान गरेको थियो भने यस विषयमा आफ्नो प्रतिक्रिया दिन पनि उत्साह देखाएको छैन ।

यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।

यति मात्र नभएएर अमेरिकी राष्ट्पति बाइडेनले हमासको आक्रमणको जवाफमा इजरायललाई आत्मरक्षाको अधिकार भएको बताइसक्नुभएको छ । उता प्यालेस्टाइनका समर्थक देशरूले भने आत्मरक्षाको आशय निर्दोष नागरिक माथि नभएको बताएका छन् ।

बैठकपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघर्ष नथामिए पूरै मध्यपूर्व क्षेत्र संकटबाट घेरिने चेतावनी दिनुभएको छ । उहाँले बैठकको सुरुमै गाजामा भएको हिंसा एकदमै भयानक भएको र तुरुन्त संघर्ष रोकिनुपर्ने बताउनुभएको थियो ।

सुरक्षा परिषद्ले युद्धविरामको लागि अन्तर्राष्ट्रिय मध्यस्थताको साथमा एक बैठक गरे पनि ठोस निष्कर्ष भने निस्कन सकेन ।