२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए शपथ


0
Shares

मानबहादुर वली
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गर्नुभएका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा नियुक्त गरेका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथग्रहण गराइएको हो ।

गएको बुधबार मुख्यमन्त्रीले सुर्खेतका सांसद विन्दमान विष्ट सहित तीन जनालाई मन्त्रीमा नियुक्त गरे पनि कांग्रेसको असन्तुष्टिका कारण सांसद विष्टलाइ पछि हटाइएको थियो ।

गएको वैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । आफूहरूलाई जानकारी नै नदिइ भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।