२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनबाट थप ५ सय ७५ अक्सिजन सिलिण्डर आइपुग्यो


0
Shares

काठमाडौं । नेपालमा थप ५ सय ७५ थान अक्सिजन सिलिण्डर आइपुगेको छ ।

चीन सरकारले उपलब्ध गराएको सहयोगअन्तर्गत सोमबार दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

आइतबार आएका ४ सय र सोमबार आएका ५ सय ७५ गरी चीनबाट नेपालमा ९ सय ७५ थान अक्सिजन सिलिण्डर आइपुगेको महाप्रबन्धक पौडेलले बताउनुभयो । उहाँका अनुसार सिलिण्डरसँगै १ सय ५७ वटा अक्सिजन कन्सनट्रेटर पनि आइपुगेको छ ।

पौडेलले वायु सेवा निगमका जहाज आज राति चीनको राजधानी बेइजिङ गएर भोलि पुनः अक्सिजन र कन्सन्ट्रेटर लिएर आउने जानकारी दिनुभयो । यस्तै भोलि राति पुनः गएर पर्सी पनि स्वास्थ्य सामग्री ल्याउने तालिका रहेको बताउनुभयो ।