
बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोभिड संक्रमण भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कुँवरले बताउनुभयो ।
सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्