
रामेछाप । २८औं स्मृति दिवसमा नेकपा एमाले रामेछापले स्वर्गिय नेता मदन भण्डारी र जीवराज आश्रीतको सम्झना गरेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सीमित नेता र कार्यकर्ताहरूको उपस्थितिमा एमालेले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रीतलाई सम्झिएको हो ।
२०५० जेठ २ गते चितवनको दासढुङ्गामा सडक दुर्घटनामा परी रहस्यमय तरिकाले मृत्यु भएको सम्झनामा नेताहरूले स्थानीय मदन आश्रीत चोकमा रहेको माल्यार्पण गरेका थिए ।
माल्यार्पणपछि बोल्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले २८ वर्ष बितिसक्दा पनि मृत्यु रहस्यमयी नै नहुनु दुःखद भएको बताउनुभयो ।
सोही अवसरमा पार्टीले केही दिन अघि कोभिड संक्रमण बाट ज्यान गुमाएका एमाले नेता पशुपति चौलागाईंको तस्वीरमा पनि माल्यार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्