७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु


0
Shares

india corona death

चितवन । चितवनमा कोभिड संक्रमणबाट एकैदिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्याङ्क अनुसार १५ संक्रमितको ज्यान गएको हो ।

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

यस्तै कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा चितवन, रुपन्देही, बारा र गोरखाका १–१ जना गरी ४ जना संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै भरतपुर क्यान्सर अस्पतालमा बाग्लुङ र बुटवलका १–१ जना गरी २ जनाको मृत्यु भएको हो । जिल्लामा करिव २२ जिल्लाबाट आएका संक्रमितहरूको उपचार भइरहेको छ ।

अहिले चितवनमा विभिन्न अस्पतालहरूमा २ सय ४१ जना आइसीयू, ४४ जना भेन्टिलेटरमा र ८२ जनाको एचडीयूमा उपचार चलिरहेको छ । आज मात्रै ५६ जना निको भएर घर पठाइएको छ । ४ सय ९८ जनाको उपचार भइरहेको छ ।