१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ सय ग्राम गाँजासहित २० वर्षीय युवक पक्राउ


0
Shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–१ बस्ने २२ वर्षीय शिखर प्रजा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ९ सय ग्राम गाँजा बरामद गरेको छ ।

प्रजाले आफ्नो डेरामा प्रतिबन्धित गाँजा सञ्चय गरि राखेर विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा भेटिएको हो ।