२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पाँचथरमा दुई हप्ता निषेधाज्ञा थपियो


0
Shares

पाँचथर । कोभिड संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरमा थप दुई हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ ।

कोभिड–१० संकट व्यवस्थापन समिति(डिसीसीएमसी)को बैठकले आगामी जेठ १७ गते सम्मलाई निषेधाज्ञा थप गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले जानकारी दिनुभयो ।

बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने निर्णयमा उल्लेख छ ।

जिल्लामा यसअघि वैशाख २७ गते बाट निषेधाज्ञा गरिएको थियो ।